
चितवन–२ को मतगणना इच्छाकामनाबाट सुरु गरिँदै
चितवन – चितवन क्षेत्र नं. २ को मतगणना सुरु हुन लागेको छ ।
१ बजेबाट सुरु हुने भनिए पनि केही ढिला सुरु हुन लागेको मतगणना इच्छाकामना गाउँपालिकाबाट गरिने भएको छ ।
उपनिर्वाचनका क्रममा चितवन क्षेत्र नं. २ मा प्रमुख दलहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्याैपाने चुनावी मैदानमा रहेका छन् ।
यस क्षेत्रबाट गत मंसिरको चुनावमा रवि लामिछाने अत्याधिक मतसहित निर्वाचित भएका थिए ।



कागजपत्र |
