सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा उडान सेवा अवरुद्द


काठमाडौं – त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन हवाई उडान सेवा अवरुद्ध भएको छ ।

जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।

टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

प्रतिक्रिया