उपनिर्वाचन : चितवनमा १७ प्रतिशत मत खस्यो


काठमाडौं – प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा १० बजेसम्म सबैभन्दा धेरै १७ प्रतिशत मत खसेको सहायक मतदान अधिकृत ईश्वरी आचार्यले जानकारी दिए । उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।

सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । जहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया