

भेरी नदिको निर्माणाधीन बेलिब्रिज भाँचिदा ४ को मृत्यु, केही घाइते

जाजरकाेट – जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा ४ जनाकाे ज्यान गएकाे छ ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा ४ जनाको ज्यान गएको हाे । अन्य केही मजदुर घाइते रहेको पनि जनाइएको छ ।
उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ ।

