राप्रपा संसदीय दलको सचेतकमा बिना लामा


काठमाडौं – राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् ।

राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।

धादिङबाट समानुपातिक प्रतिनिधित्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।

प्रतिक्रिया