
राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिने भएको छ ।
मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो ।
स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।



कागजपत्र |
