२४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु भएको छ ।

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

प्रतिक्रिया