माैलाकालिमा केबलबार सञ्चालन, कति पर्छ त टिकटको मूल्य ?


नवलपुर – नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको छ । शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।

केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी एक सय वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल पहिलो यात्रुका रुपमा केबलकारमा यात्रा गरेर केबलकार शुभारम्भ गरिएको हो ।

उदघाटनको अवसर पारेर केबलकारले दुईतर्फी मूल्य (आउन र जान) ५५० रुपैयाँ तोकेको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि ३३०, विद्यार्थीहरुको लागि ४१५, जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरु (अपाङ्ग) का लागि २७५ रुपैयाँ टिकट दर तोकेको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । केबलकारको टिकट मोबाइल एप्लीकेशनमा आईएमई पे डाउनलोड गरेर समेत काट्न सकिने छ ।

प्रतिक्रिया