शिक्षक सङ्घको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित


काठमाडौँ – नेपाल शिक्षक सङ्घको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।

सङ्घको नवौँ अधिवेशनबाट अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।

जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ ।

प्रतिक्रिया