राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को सो प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालको तरलता समस्या सामाधान गर्न लिएको एसएलएफ सुविधा बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको बताएका छन्।

‘बैंक तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको बताए पनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिँदैन’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ।

बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन र सो सम्बन्धी आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७८/७९ मा ९१ खर्ब ७० अर्ब एसएलएफ सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ।

४ हजार ९०८ पटकमा उक्त तरलता प्रदान गरेको केन्द्रीय बैंकले जनाएको छ। यस्तै २०७६/७७ मा ८३ पटकमा १ खर्ब ३ अर्ब, २०७७/७८ मा १६७ पटकमा ३ खर्ब ६१ अर्ब एसएलएफ सुविधा बैंकहरुलाई उपलब्ध गराएको छ।

प्रतिक्रिया