

पीएन क्याम्पसको स्ववियु निर्वाचन वैशाख ३ मा

पोखरा — देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ ।
अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको हो ।
क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ ।

