

२४ घण्टामा विश्वमा कोरोनाबाट ११ हजार ७५२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ७५२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ लाख २ हजार ३०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ३३२ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३०१ जनामा कोरोना संक्रमण भइसकेको छ ।

