रामनवमी मनाउन गएका २५ बढी भक्तजन इनारमा खसे, ३ को मृत्यु


दिल्ली — भारतमा रामनवमी पर्व मनाउन शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् । इनारमा खसेकामध्ये ३ जनाको मृत्यु भएको र अहिलेसम्म १५ जनाको उद्धार गरिसकिएको छ । अहिले उद्धार कार्य जारी रहेको पनि जनाइएको छ ।

दिल्लीको पटेलनगरस्थित मन्दिरमा रहेको इनारमा भक्तजनहरु खसेको आजतकले जनाएको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए ।

भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ ।

इनारमा खसेकामध्ये केही त्यहाँ रहेको फलामको डण्डीमा झुन्डिएका तथा उनीहरूको उद्धार भइरहेको इन्दोरका सुरक्षा प्रमुख इलयाराजा टीले बताएका छन् ।

मन्दिर क्षेत्रको वातावरण बिग्रन नदिन तथा दुर्घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित घाइतेहरूलाई शीघ्र अस्पताल पु¥याउन मन्दिर परिसरमा एम्बुलेन्सहरू तयारी हालतमा राखिएका छन् ।

प्रतिक्रिया