नेहा चौधरीका श्रीमान् पंकजलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश


काठमाडौँ – दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का डा.पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो । स्रोतका अनुसार उनी आज धरौटी बुझाएर रिहा हुनेछन् ।

श्रीमती नेहा चौधरीले पंकज, उनका बुबा, आमा, बहिनीसहित पाँचजनाविरुद्ध दाइजो र घरेलु हिंसालगायतका मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा पक्राउ परेका पंकज पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए ।

पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० देखि जलेश्वर कारागारमा छन् ।

तीन वर्षको प्रेम सम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । नेहाका परिवारले दाइजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया