

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत निदने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ । यसअघि गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको राप्रपाले भोली सोमबार विस्वासको मत नदिने भएको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिइने बताए। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्। नेकपा एमालेसँग मिलेर आम निर्वाचन लडेको राप्रपा पुस १० गते एमालेसहितको सरकारमा सहभागी भएको थियो ।
राष्ट्रपति निर्वाचनका लागि प्रधानमनत्री प्रचण्डदे नेपाली काँग्रेस सँग गठबन्धन गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको थियो । राप्रपा र एमाले समर्थन फिर्ता लिंदै सरकारबाट बहिरिएपछि प्रधानमन्त्री दाहालले सोमबार पुन विश्वासको मत लिन लागेका हुन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् ।

