भौतिक पूर्वाधार मन्त्री नेम्बाङलाई कोरोना संक्रमण


काठमाडौंं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ। नेम्बाङको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो।

नेम्बाङलाई कोरोनाको लक्षण देखिएपछि स्वाब परिक्षण गरिएको जनाइएको छ । उनलाई अहिले सामान्य ज्वरो र खोकी लागेको छ ।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया