विराटनगरस्थित नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी, स्ववियु निर्वाचन अन्योल


विराटनगर – क्याम्पस प्रशासन र निर्वाचन समितिले मिलेमतो गरेको आरोप लगाउँदै नेविसंघले विराटनगरस्थित नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ ।

नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेलका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एमाले निकट अनेरास्ववियुलाई जिताउने गरी ‘सेटिङ’ गरेको भन्दै तालाबन्दी गरिएको बताए । अहिले कायम रहेको निर्वाचन समिति भंग गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए ।

१८५ जना विद्यार्थी रहेको उक्त क्याम्पसको स्ववियु निर्वाचनका लागि अनेरास्ववियु र नेविसंघले उम्मेदवारी दिएका थिए । नेविसंघले तालाबन्दी गरेसँगै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन प्रभावित हुने भएको छ।

प्रतिक्रिया