
राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना
विराटनगर – राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरन्जन ढुंगाना चयन भएका छन् ।
संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्त्वमा नयाँ समिति चयन भएको हो ।
महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अविषेक केडिया र कोषध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ ।
महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।



कागजपत्र |
