


राष्ट्रपति पौडेलको शपथ ग्रहण भोली

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण सोमबार(भोलि) दिउँसो हुने भएको छ।
राष्ट्रपति भवन शितल निवासमा सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने उनको सचिवालयले जानकारी दियो। शपथ ग्रहण लगत्तै उनले पदभार ग्रहण गर्नेछन्।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनुपर्नेछ।
प्रधानन्यायाधीशको काम कारबाही गरिरहेका कामय मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई नेपालको चौथो कार्यकालका तेस्रो राष्ट्रपतिका रुपमा शपथ ग्रहण गराउने तय भएको छ।
फागुन २५ गते भएको राष्ट्रपतिको चुनावमा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेर विजयी भएका थिए। ७८ वर्षे पौडेलको कार्यकाल पाँच वर्षको हुनेछ।
उनले कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा आइतबार स्वीकृत भएको छ।
नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राअध्यक्ष र संविधानको संरक्षकको जिम्मेवारी दिएको छ।

