राष्ट्रपति पौडेलका लागि शितलनिवास खाली गर्दै राष्ट्रपति भण्डारी


काठमाडौं – दुई कार्यकाल सम्पन्न गरेकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालको आज अन्तिम दिन । त्यसअघि नै आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेको अवस्था छ ।

कार्यकाल सकिएपछि र नयाँ राष्ट्रपति निर्वाचित भइसकेकाले राष्ट्रपति भण्डारीले राष्ट्रपति पौडेलका लागि शितल निवास खाली गर्नुपर्ने अवस्था आएको छ ।

त्यसैले भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ, चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनको निवासको मर्मतकार्य सम्पन्न भइसकेको छैन । त्यसैले अब निर्माणाधीन अवस्थामै रहेको निवासमा भोली (सोमबार) सर्ने तयारी सचिवालयले गरेको छ ।

नवनियुक्त राष्ट्रपति पौडेलले सपथ लिएसँगै शितलनिवास सर्नेछन् । पौडेल अहिले बोहोरानिवास बस्दै आएका छन् ।

प्रतिक्रिया