६ वर्षपछि नयाँ कार्यसमिति छान्दै सुसेस, १० औं राष्ट्रिय सम्मेलन भदौ २७ र २८ मा


काठमाडौं – सुनुवार समुदायको साझा संस्था सुनुवार सेवा समाज (सुसेस) ले ६ वर्षपछि राष्ट्रिय सम्मेलनको तयारी गरेको छ ।

यही फागुन २७ र २८ गते राजधानीमा आयोजना गर्न लागिएको सम्मेलन संस्थाको १०औँ राष्ट्रिय सम्मेलन भएको पनि सुसेसले जनाएको छ ।

सम्मेलनका लागि देशैभरिका प्रतिनिधिहरुलाई सूचित गरिसकिएको जनाउँदै सुसेसका सचिव उत्तमकुमार सुनुवारले यस सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित हुने पनि जनाए । उनले सम्मेलनमा साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै नीति तथा कार्यक्रम तय गरिने बताए ।

सम्मेलनमा सुनुवारको हक, हित तथा भाषा, संस्कृति संरक्षणलगायतका विषयमा छलफल हुनेछ ।

समाजका अध्यक्ष सुनुवारले २०६८ को जनगणनाअनुसार नेपालमा ५५ हजार बढी सुनुवारको जनसङ्ख्या रहेको बताए । सुनुवारको भाषा, संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४४ सालमा यो संस्था स्थापना भएको थियो ।

कोभिड–१९ र विभिन्न कारणले रोकिएको सम्मेलन सम्पन्न भएसँगै संस्थाले नयाँ कार्यसमिति पाउनेछ ।

प्रतिक्रिया