कांग्रेस उपसभापति खड्काको स्पष्टोक्ति– ‘अब मेरो दाबी कुनै कुरामा छैन’


काठमाडौं — नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने बारे चर्चा भइरहँदा उपसभापति पूर्णबहादुर खड्काले आफ्नो दाबी नरहेकाे जनाएका छन् ।

कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।
गत पुस १० गते भत्किएको गठबन्धनलाई पुनःस्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेको थियो । उनले सोही विषयमा स्पष्टीकरण दिएका हुन् ।

 

 

प्रतिक्रिया