मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछ- बालेन शाह


काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।

मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। उनले यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन ।

‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’ शाहले भनेका छन। तर, उनले कसले राजीनामा दिन लगाउन खोजेको हो त्यो भने केही खुलाएका छैनन् ।

अचानक देखा परेको मेयर शाहको यो स्टाटसले तरंग उत्पन्न गर्ने भएको छ ।

प्रतिक्रिया