

निर्वाचन अघिका गठबन्धन दलका शीर्ष नेताबीच छलफल सुरु

काठमाडौं — सत्तारूढ नेकपा माओवादी केन्द्रका साथै विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एस र जसपासहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।
राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच किचलो चलिरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच बैठक सुरु भएको हो ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको छ ।
पछिल्लो समय निर्वाचन अगाडिको गठबन्धन पुनः एक हुने समभावना देखिएको छ ।
साथै कांग्रेस नेता गगन थापा र माओवादी नेता तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।

