महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन


दैलेख – दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ ।

७५ वर्षीय गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको जनाइएको छ ।

उनी गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा महाबु गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

उनले गाउँपालिका अध्यक्ष पदमा २ हजार ९ सय ७९ मत ल्याएर नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए ।

प्रतिक्रिया