राईले सपथ ग्रहण गरेसंगै अख्तियारमा कार्यभार सम्हाले


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । आज विहान राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेका थिए ।

सपथ लिएसंगै आजैबाट उनले आफ्नो कार्यभार सम्हालेका छन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरूले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया