यी हुन् आज सपथ लिएका संवैधानिक आयोगका पदाधिकारीहरु (नामसहित)


काठमाडौं । संवैधानिक परिषद्ले मंसिर ३० गते नियुक्ति गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले सपथ लिएका छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् ।

अख्तियारसँगै परिषद्ले निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिबासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा विभिन्न पदाधिकारीहरु नियुक्तीका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया