

संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीले लिए प्रधानन्यायाधीशबाट सपथ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति भएका प्रमुख आयुक्त प्रेमकुमार राईलगायत अन्य विभिन्न आयोगमा नियुक्त भएका पदाधिकारीले सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान आयोजित कार्यक्रममा संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति भएका विभिन्न आयोगका पदाधिकारीहरुले सपथ लिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाएका थिए।
सपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए।
संघीय सांसदको कार्य सञ्चालन नियमावलीमा संवैधानिक परिषदबाट सिफारिस भएकाहरूको ४५ दिनसम्म संसदीय सुनुवाइ नभए स्वतः नियुक्ति मानिने व्यवस्था रहेसँगै मंगलबार ४५ दिन पुगेपछि आज (बुधबार) सपथ गराइएको हो ।

