लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार


त्रिपोली – गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार बताएको छ ।

‘सन् २०२३ जनवरी २२ देखि २८ सम्मको समयावधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो’ आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार १०३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । १७ जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएको आईओएमले जनाएको छ ।

सन् २०२२ मा कुल २४ हजार ६८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा गरेको छ । मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५२९ आप्रवासीको मृत्यु भएको छ भने ८४८ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया