

अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

अमेरिका – अमेरिकामा १० वर्ष यताकै धेरै हिमपात भएको छ । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । अमेरिकी मिडियाहरूमा आएका खबर अनुसार अमेरिकाका २० राज्यमा भारती हिमपात भएको छ । न्यूयोर्क टाइम्सका अनुसार सोमबार बेलुकासम्म न्यूजर्सी र पेन्सलभेनियाका भू–भागमा २० इन्च भन्दा बढी बाक्लो हिउँ जमिरहेको छ ।
न्यूयोर्कमा १६ इन्च बाक्लो हिउँ पुगेको छ । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा निरन्तर हिम आँधी चलिरहेको छ । आँधीका कारण सोमबार रातिसम्म एक जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

हजारौँको संख्यामा उडानहरु रद्ध भएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । सवारी साधनहरु बीच बाटैमा फसेका छन् । अमेरिकी मिडियाका अनुसार राष्ट्रिय मौसम सेवाले २ फिटभन्दा बढी पुग्ने भविष्यवाणी गरेको छ । हिम आँधी र हिमपातबाट करोडौँ व्यक्तिहरु प्रभावित भएका छन् ।

