

नेपालले भारतसँग माग्यो थप हवाई मार्ग

काठमाडौं – नेपालले भारतसँग थप हवाई मार्ग उपलब्ध गराउन आग्रह गरेको छ । शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो आग्रह गरेका हुन् ।
भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले जानकारी दि । यो विषयमा राजदूत श्रीवास्तव सकारात्मक रहेको मन्त्री किरातीले बताए ।
उनले भने, ‘सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो । महामहिम श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताउनुभयो ।’

