

मधेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने

जनकपुरधाम – नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।
मधेश कांग्रेस संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको दलका नेता कृष्णप्रसाद यादवले बताए ।
उनले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन् । मुख्यमन्त्री यादवले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।
बुधबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।
उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताए ।

