इन्डोनेसियामा ७.० म्याग्निच्युडको भूकम्प


जाकार्ता – बुधबार पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । तत्काल कुनै क्षति नभएको र सुनामीको चेतावनी जारी नगरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

७.० म्याग्निच्युडको भूकम्पपछि केही मानिसहरु घरबाट भाग्न खोजेका थिए । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले उक्त भूकम्पले समुद्रमुनि ६० किलोमिटर तलसम्म प्रभाव पारेको र जमिनमा उत्तर मालुकु प्रान्तको टोबेलोको उत्तरपश्चिम १५० किलोमिटर पर केन्द्रित रहेको बताएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिक एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छैन । होनोलुलुको प्यासिफिक सुनामी चेतावनी केन्द्रले संक्षिप्तमा इन्डोनेसियाको तटीय क्षेत्रमा सम्भावित खतरा रहेको बताएको थियो, तर तत्कालै सूचना हटाएको एपीलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । एपी

प्रतिक्रिया