पोखरा विमान दुर्घटना अपडेट : गायिका नीरा छन्त्यालसहित १२ जनाको सनाखत


पोखरा – पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १२ जनाको सनाखत भएको छ ।

पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित १२ जनाको सनाखत भएको हो । जसमा लोक तथा दोहारी गायिका नीरा छन्याल पनि रहेकी छन् ।

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा। सुशील श्रेष्ठ, डा। सेना दिवाकर, १० महिनाका रियान पौडेल, नीरा छन्त्यालअदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।

यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया