अपडेटः ६८ यात्रुसहित काठमाडौंबाट पोखराका लागि उडेको थियो जहाज


पोखरा — पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु लिएर गएको विमान बिहान सवा ११ बजे दुर्घटनामा परेको हो ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया