सन्दीप जेलबाट भोलि मात्रै रिहा हुने, काठमाडौं उपत्यका छाड्न अनुमति चाहिने (आदेशसहित)


काठमाडौं – उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि पूर्व क्रिकेटर सन्दीप लामिछाने भोलि शुक्रबार मात्रै छुट्ने कारागार प्रशासनको भनाइ छ ।

बिहीबार समय अभाव भएका कारण उनलाई छाेड्न नसकिएकाे कारागार प्रशासनले जनाएकाे छ । उनलाई केन्द्रीय कारागरा सुन्धारामा राखिएकाे छ ।

सन्दीप लामिछाने विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न अनुमति चाहिने

अदालतले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई विदेश जानबाट रोक लगाएको छ। यस्तै उनलाई काठमाडौं उपत्यका पनि नछाड्न भनेको छ।

छाड्नै पर्ने अवस्था भएमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगीन्द्र कट्टेलले जानकारी दिए। इजलाशले लामिछाने भाग्न सक्ने अवस्था नभएको, पीडितलाई हानी पुर्‍याउन सक्ने अवस्था नभएको लगायतका कारणले धरौटीमा छाड्न आदेश दिएको कट्टेलले बताए।

धरौटीमै छाड्‍न आदेश दिएपनि लामिछाने फेरि पनि थुनामा जान सक्ने अवस्था भने छ।

प्रतिक्रिया