पाल्पामा बस दुर्घटना, ६ जना महिलाको ज्यान गयो, १८ घाइते


पाल्पा — पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको भने १८ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक एकजनाको पहिचान भएको छैन ।

रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा गए राती १० बजेतिर दुर्घटना भएको जनाइएको छ ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताए । दुर्घटनाका घाईते १८ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको स्थानीय पत्रकार भुवन रायमाझिले जानकारी दिए ।

प्रतिक्रिया