एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आज (बुधबार) राष्ट्रपति कार्यालय शीतलनिवासमा करिव २ घण्टा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको बताइएको छ ।

तर राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भेटवार्ताबारे आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिए ।

प्रतिक्रिया