

मन्त्रीहरुको शपथ नसकिँदै शीतलनिवासबाट हिँडे देउवा

काठमाडौं – तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नसकिँदै शीतलनिवासबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरुले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए । देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।

