ससुरालाई स्वागत गर्दै बुहारी…

स्वतन्त्र सांसद लालविर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


रुपन्देही — बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

लालवीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं बुहारी रञ्जीता श्रेष्ठले टीका लगाएर पार्टीमा स्वागत गरेकी थिइन्  ।

पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नै बाबु लालवीर चौधरीलाई उम्मेदवार बनाएका थिए । लालबीर शुक्रबार औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् ।

लालबीरले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएर विजयी भएका थिए ।

कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार सीट गणना हुने भएको छ ।

प्रतिक्रिया