मानव बेचबिखनको अभियोगमा दुईजना चिनियाँ नागरिक जेल चालन


काठमाडौं – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुईजना चिनियाँ नागरिक जेल चलान भएका छन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको हो ।

चिनियाँ नागरिक चेन याङ र रूआन चाओहोङले ३ जना नेपालीलाई फ्रि भिसा र फ्रि टिकटमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने भन्दै लाओस पुर्‍याएका थिए।

महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए ।

त्यहाँ पुर्‍याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिएको बुझिएको छ।

लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एकजनालाई काठमाडौंको ठमेल र एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया