पछिल्लो २४ घण्टामा २१३ जनामा संक्रमण २९६ डिस्चार्ज


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । सोही समयमा २ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज कसैको मृत्यु भएको छैन् हिजो बुधबार भने तीन जनाको ज्यान गएको थियो । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म दुई हजार २० जनाको ज्यान गएको छ ।

हाल नेपालमा ३२ सय तीन जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया