नाभाल्नीको अपार्टमेन्टमा प्रहरीको छापा, भाइ पक्राउ


काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको अपार्टमेन्ट तथा कार्यालयमा बुधबार प्रहरीले छापा मारेको छ । साथै प्रहरीले नाभाल्नीका सहयोगी तथा उनका भाइलाई पनि हिरासतमा लिएको छ ।

नाभाल्नीका समर्थकहरुले रुसमा आन्दोलनको तयारी गरिरहेको अवस्थामा नाभाल्नीको अपार्टमेन्टमा छापा मारिएको हो । गत वर्ष विष दिइएको कारण जीवनमरणको अवस्थामा पुगेका ४४ वर्षीया नाभाल्नी जर्मनीबाट उपचार गरी फर्किएपछि विमानस्थलबाटै पक्राउ परेका थिए ।

रुसी अधिकारीहरुले बुधबार नाभाल्नीको अपार्टमेन्टमा गत साता भएको आन्दोलनमा कोरोना भाइरस (कोभिड–१९) को उल्लंघनबारे फौजदारी अनुसन्धानको लागि छापा मारिएको हो । गत साता रुसभर नाभाल्नीका समर्थकहरुले उनको रिहाइको माग गर्दै आन्दोलन गरेका थिए ।

प्रहरीले नाभाल्नीको पक्षमा भएको उक्त प्रदर्शन अवैध भएको बताउँदै आएको छ । उक्त प्रदर्शनको क्रममा करिब चार हजार मानिसहरु पक्राउ परेका थिए । बुधबार बिहानै रुसको स्वास्थ्य मन्त्रालयले गत साता भएको आन्दोलनमा प्रतिबन्ध उल्लंघन भएको विषयमा फौजदारी अनुसन्धान सुरु हुने बताएको थियो । नाभाल्नीको पक्राउको विषयमा भने अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया