प्रधानमन्त्रीसहित अपहेलना मुद्दा परेका सबैलाई ७ दिनभित्र उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश


काठमाडाैं – सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीसहित पूवए सभामुख र चार प्रधानन्यायाधीसलाई ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, चार जना पूर्वप्रधानन्यायाधीशहरू सुशीला कार्की, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठ तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई ७ दिनभित्र अपहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले छुट्टाछुट्टै दायर गरेको मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार उक्त आदेश दिएका हुन् ।

सर्वोच्चले गरेको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो, मागबमोजिम अपहेलनामा कारबाही किन हुनु नपर्ने हो, म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला।’

प्रतिक्रिया