कोलम्बियामा पहिरो जाँदा ३३ जनाको मृत्यु


काठमाडौं – कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ। नौ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन्।

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो।

राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ।

प्रतिक्रिया