
स्वतन्त्रहरू एक बनाैं भन्दै हर्क साम्पाङ भन्छन्, ‘मेयर बालेनविरुद्धको घेराबन्दी निन्दनीय छ’
काठमाडौं — बालेनलाई आफ्नो पूर्ण रहने बताउँदै हर्क साम्पाङले स्वतन्त्रहरु एक बन्ने बेला आएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र (बालेन) शाहलाई घेराबन्दीमा पारिएको भन्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक बन्नुपर्ने बेला आएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् साम्पाङले काठमाडौं मेयर बालेमाथि पारिएको घेराबन्दी निन्दनीय भएको बताएका छन् । पछिल्ला दिनमा मेयर बालेनको निर्णय र कार्यशैलीप्रति देखिएको विरोधलाई लक्षित गर्दै साम्पाङले अरुले साथ दिए पनि नदिए पनि आफ्नो साथ रहने बताएका हुन् ।
पछिल्ला दिनमा मेयर बालेनको थापाथलीका सुकुम्बासीविरुद्धको कारबाहीमा एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै विरोध जनाएका थिए भने अमेरिकी राजदूतले गरेको मेयर बालेन शाहसँगको भेटलाई एमाले नेता डा. भीम रावलले अतिरञ्जीत गर्ने प्रयास गरेका थिए ।



कागजपत्र |
