

सुनसरी-३ (२) मा एमालेका रामदेव यादव विजयी

विराटनगर – सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् ।
उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।
रामदेवले १९ हजार ४७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका थिए ।

