

सुनसरी ३ (क) मा एमालेका कार्की निर्वाचित

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (क) मा नेकपा एमालेका रोहित कार्की निर्वाचित भएका छन् ।
उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादीकी सरस्वती पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन्। कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गरे भने पोखरेलले ९ हजार ४ सय ९८ मत प्राप्त गरे ।

