


पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डसँग भारत ७ विकेट पराजित

काठमाडाैं – भारतसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट न्युजिल्यान्डले सात विकेटले जितेको छ । अकल्यान्डमा भारतले दिएको ३ सय ७ रनको लक्ष्य न्युजिल्यान्डले १७ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो ।
न्युजिल्यान्डका लागि टम लाथमले नटआउट १ सय ४५ र केन विलियम्सनले पनि नटआउट ९४ रन बनाए । बलिङतर्फ भारतका उमरन मलिकले २ र शार्दुल ठाकुरले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रन बनायाे । भारतका लागि श्रेयस एअरले ८०, शिखर धवनले ७२ र शुभमन गिलले ५० रन बनाए ।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र लकी फर्गुसनले ३/३ विकेट लिए । आजको जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १-० को अग्रता बनाएको छ । दाेस्राे खेल आउँदाे आइतवार र तेस्राे खेल बुधवार हुनेछ ।

