अर्को विवादमा तानिए एक ‘महाशय’ र चार ‘श्रीमानहरू’


काठमाडौं– प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेपछि विवादमा तानिएका एक पूर्वसभामुख र चार जना पूर्वप्रधानन्यायाधीशहरू फेरि विवादमा तानिएका हुन्।

यस पटक उनीहरू त्यहि विषयमा सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि विवादमा तानिएका हुन्। सम्भवतः पूर्वप्रधानन्यायाधीशहरू माथि नै अवहेलना मुद्दा दर्ता भएको यो पहिलो घटना हो।

कुमार शर्माले पेश गरेको अवहेलना सम्बन्धी निवेदन दर्ता भएको हो। उनले पूर्वप्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटन असंवैधानिक भनी बहस जारी रहेको विषयलाई प्रभावित बनाउन खोजिएको उल्लेख छ।

पूर्व सभामुख दमननाथ ढुंगानाले पनि विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा चलाउन माग गरिएको छ।

मुद्दा चल्ने या नचल्ने भन्ने सर्वोच्चको क्षेत्राधिकार भित्र पर्ने भयो तर पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध यसरी मुद्दा दर्ता हुनु अनौठो र कल्पना गर्न नसकिने विषयचाहिँ हो’, एक कानुन व्यावसायी भन्छन्,‘यसरी विवादमा तानिनेगरी बोल्नु हुने थिएन।’

प्रतिक्रिया